PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

तिलोत्तमा नगरपालिकाको प्रमुखमा खाण र चापागाईंबिच तीव्र प्रतिस्पर्धा, खाण १७७ मतले अगाडि



पहिलोपोस्ट

तिलोत्तमा नगरपालिकाको प्रमुखमा खाण र चापागाईंबिच तीव्र प्रतिस्पर्धा, खाण १७७ मतले अगाडि

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण खाण र नेकपा (एमाले)का मोहन चापागाईंबिच सुरुदेखि नै तीव्र प्रतिस्पर्धा भइरहेको छ।

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका खाण १७७ मत अन्तरले अगाडि छन्। खाणले ११ हजार ३६६ मत पाउँदा एमालेका चापागाईंले ११ हजार १८९ मत पाएका छन्। रामकृष्ण गृहमन्त्री बालकृष्ण खाणका सहोदर भाइ हुन्।

उपमेयरमा भने सुरुदेखि नै एमालेकी उम्मेदवार जागेश्वरी देवी चौधरी अगाडि छिन्। उनले १० हजार ८६७ मत प्राप्त गर्दै माओवादी केन्द्रका उम्मेदवार हेमलाल पाण्डेलाई दोब्बर मत अन्तरले पछाडि पारेकी छन्। पाण्डेले ५ हजार ४३४ ल्याएका छन्। अहिलेसम्म २९ हजार ३२४ मत गणना भएको छ।

तिलोत्तमामा वडा नम्बर १, २, ३, १५, १६, १७ को मतगणना सम्पन्न भएको छ भने ४, ५, १३ र १४ को गणना भइरहेको छ। गणना सकिएका ६ वडा मध्ये ४ वटामा नेपाली कांग्रेसले जितेको छ भने २ वटा एमालेले जितेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell