PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

पोखरा महानगरमा अग्रता बढाउँदै धनराज र मञ्जु



पहिलोपोस्ट

पोखरा महानगरमा अग्रता बढाउँदै धनराज र मञ्जु

काठमाडौं : पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन्। आइतवार दिउँसोसम्म एक लाख चार हजार २१२ मत गणना हुँदा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले आफ्नो अग्रतालाई कायमै राखेका हुन्।

आचार्य अहिलेसम्म तीन हजार ३९५ मतले अघि छन्। उनले ४१ हजार ७०५ मत प्राप्त गर्दा उनका निकटतम प्रत्याशी नेकपा एमालेका कृष्णबहादुर थापाले ३८ हजार ३१० मत ल्याएका छन्।

महानगरको उपप्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङको अग्रता छ। गुरुङले ४३ हजार ६१६ मत प्राप्त गरी अग्रता बनाउँदा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कोपिला रानाभाटको ४१ हजार ९२० मत रहेको छ। उपप्रमुखमा गरुङ एक हजार ६९६ मतान्तरले अघि छिन्।

वैशाख ३० गतेको निर्वाचनमा पोखरामा एक लाख ४३ हजार २२६ मत खसेको थियो। महानगरका ३३ वडामध्येमा अहिले वडा नं १०, ११, १६, १७, १८, १९, ३९, ३० र ३१ नं को मतगणना भइरहेको छ। गणना बाँकी रहेका वडामा २१, २२, ३२ र ३३ नं रहेका छन्। हालसम्म २० वटा वडाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell