PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

पोखरा महानगरको प्रमुखमा धनराज र उपप्रमुखमा मञ्जुको अग्रता कायमै



पहिलोपोस्ट

पोखरा महानगरको प्रमुखमा धनराज र उपप्रमुखमा मञ्जुको अग्रता कायमै

पोखरा : पोखरा महानगरको प्रमुख पदमा गठबन्धनको तर्फबाट धनराज आचार्यले अग्रता कायमै राख्दा उपप्रमुखमा नेकपा एमाले उम्मेदवार मञ्जुदेवी गुरुङ अगाडि छिन्।

१ लाख ५ हजार ८६२ मतगणना हुँदा प्रमुख पदमा नेकपा एकीकृत समाजवादीका धनराजले ४२ हजार ३४८ ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कृष्ण थापाले ३८ हजार ९३५ ल्याएका छन्।

प्रमुख पदमा गठबन्धनको अग्रता रहँदा उपप्रमुखमा भने एमालेले अग्रता बनाएको छ। मञ्जुले ४४ हजार ३०१ ल्याउँदा कोपीला रानाभाटले ४२ हजार ५३४ ल्याएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell