PahiloPost

Jun 16, 2026 | २ असार २०८३

कोहलपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी



रासस

कोहलपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी

राँझा : स्थानीय तह निर्वाचनअन्तर्गत कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। कांग्रेसबाट उम्मेदवार बनेका युवा नेता पूर्ण आचार्य १४ हजार १३४ मत प्राप्त गरी नगर प्रमुखमा विजयी भएका हुन्।

उपप्रमुखमा पनि कांग्रेसकै सङ्गीता सुवेदी विजयी भएको निर्वाचन अधिकृत तीर्थराज भट्टले जानकारी दिए। उनका अनुसार प्रमुखमा आचार्यका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का खिलप्रसाद भुसालले १२ हजार २८५ मत प्राप्त गरे भने माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को तर्फबाट नगर प्रमुखको उम्मेदवार बनेका माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र न्यौपानले ९ हजार ७२५ मत प्राप्त गरे।

पन्ध्र वडा रहेको कोहलपुरमा कांग्रेसले वडा नम्बर २, ४, ६, ८, १०, १२, १३, १४ र १५ गरी ९ वटा वडा जितेको छ। एमालेले वडा नम्बर ३, ५, ७ र ११ मा विजयी हासिल गरेको छ भने माओवादी केन्द्रले वडा नम्बर १ र ९ मा जित हासिल गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell