PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले गरे शपथ ग्रहण



पहिलोपोस्ट

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले गरे शपथ ग्रहण

काठमाडौं : सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले शपथ ग्रहण गरेका छन्।

बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमार्फत निर्वाचित ३७ जना जनप्रतिनिधिहरुले आइतवार शपथ लिएको निर्वाचन अधिकृत मिना गुरुङले जानकारी दिइन्।

यसैबिच, गाउँ कार्यपालिकाको निर्वाचन यही १६ गते हुनेछ।

गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का बुद्धि किरण राई र उपाध्यक्षमा गठबन्धनका तर्फबाट माओवादीका गौरव राई निर्वाचित भएका छन्।

नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षले जिल्ला न्यायाधीश समक्ष र बाँकी सदस्यले अध्यक्ष समक्ष शपथ लिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell