PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

पोखरा महानगर : कृष्ण थापाको गृहवडामा एमाले पराजित, कांग्रेसका तिमिल्सिना वडाध्यक्ष निर्वाचित



पहिलोपोस्ट

पोखरा महानगर : कृष्ण थापाको गृहवडामा एमाले पराजित, कांग्रेसका तिमिल्सिना वडाध्यक्ष निर्वाचित
फोटो : अमृत शर्मा तिमिल्सिनाको फेसबुकबाट।

पोखरा : पोखरा महानगरपालिकाको वडा नम्बर १६ मा नेपाली कांग्रेसका अमृत शर्मा तिमिल्सिना विजयी भएका छन्। उनले नेकपा (एमाले)का उम्मेदवार 
राजेश गुरुङलाई १ सय ४८ मतले पछि पार्दै विजयी हासिल गरेका हुन्।

शर्माले ३ हजार ३ सय १८ मत ल्याउँदा गुरुङले ३ हजार १ सय ७० मत ल्याए। एमालेले हार व्यहोरेको यो वडा एमालेबाट प्रमुख पदको लागि उम्मेदवार रहेका कृष्णबहादुर थापाको वडा हो।

यस वडामा कुल ७ हजार ५१९ मत खसेको थियो। एमालेले हार व्यहोरेको यो वडा एमालेको पकड रहेको क्षेत्र मानिन्छ। यस वडामा अघिल्लो स्थानीय निर्वाचनमा एमालेले जित निकालेको थियो।

यस्तै, वडाध्यक्ष कांग्रेसले जितेपनी यस वडाबाट थापालाई सन्तोषजनक मत भने गएको छ। थापाले यस वडाबाट ३ हजार ४ सय ४६ मत पाँउदा अर्का प्रमुख प्रत्यासी धनराज आचार्यले २ हजार ४ सय ९२ मत प्राप्त गरेका छन्। थापालाई प्राप्त मत आचार्यको भन्दा ९५४ ले बढी हो।

यस्तै, यो वडामा एमालेकी उपप्रमुख उम्मेदवार मञ्जु गुरुङलाई कृष्णको भन्दा १ सय १९ मत बढी गएको छ। मञ्जुले यस वडाबाट ३ हजार ५ सय ६५ मत पाँउदा गठबन्धन उम्मेदवार कोपिला रानाभाटले २ हजार ६ सय ६९ मत पाएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell