PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

पोखरा महानगर प्रमुखमा धनराजको अग्रता कायमै, उपप्रमुखमा मञ्जुको कति आयो मत?



पहिलोपोस्ट

पोखरा महानगर प्रमुखमा धनराजको अग्रता कायमै, उपप्रमुखमा मञ्जुको कति आयो मत?

पोखरा : पोखरा महानगरपालिकाको प्रमुख पदमा गठबन्धनको तर्फबाट नेकपा (एकिकृत समाजबादी)का धनराज आचार्यले अग्रता कायमै राख्दा उपप्रमुखमा नेकपा (एमाले)की उम्मेदवार मञ्जुदेवी गुरुङ अगाडि छिन्।

१ लाख १२ हजार ५८० मतगणना हुँदा प्रमुखमा आचार्यले ४५ हजार २७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्ण थापाले ४१ हजार ५९० मत ल्याएका छन्।

प्रमुख पदमा गठबन्धनको अग्रता रहँदा उपप्रमुखमा भने एमालेले अग्रता बनाएको हो। मञ्जुले ४७ हजार ३२४ मत ल्याउँदा नेपाली कांग्रेसकी कोपिला रानाभाटले ४४ हजार ९६४ मत ल्याएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell