PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

भरतपुर महानगरपालिकामा ३१ हजार मतगणना गर्न बाँकी, रेनु दाहाल ८ हजार मतले अगाडि



पहिलोपोस्ट

भरतपुर महानगरपालिकामा ३१ हजार मतगणना गर्न बाँकी, रेनु दाहाल ८ हजार मतले अगाडि

चितवन : भरतपुर महानगरपालिकामा ३१ हजार ५२८ मतगणना गर्न बाँकी रहेको छ। हालसम्म यस पालिकामा ९६ हजार ३११ मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार महानगरको वडा १ देखि २० नम्बरसम्म गणना सकिएको छ।

अहिलेसम्मको गणनाअनुसार महानगरपालिकाको प्रमुख पदमा पाँच दलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेकी  रेनु दाहालले आठ हजार २९५ मतले अग्रता लिएकी छिन्। दाहालले ३७ हजार ९२८ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले २९ हजार ६३३ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ४६३ मत पाएका छन्। 

उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङलाई १६ हजार ६७८ मत अन्तरले अग्रता लिएकी छिन्। अधिकारीले ४० हजार १२१ मत प्राप्त गर्दा गुरुङले २३ हजार ४४३ मत प्राप्त गरेकी हुन् । भरतपुर महानगरमा हाल वडा नम्बर २१ र २२ को मतगणना जारी रहेको छ। यस पालिकामा २९ वटा वडा रहेका छन्। स्थानीय तह निर्वाचन २०७९ मा एक लाख २७ हजार ८३९ मत खसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell