PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

अन्तिम खेलमा उत्कृष्ट पुनरागमन गर्दै म्यानचेस्टर सिटी च्याम्पियन



पहिलोपोस्ट

अन्तिम खेलमा उत्कृष्ट पुनरागमन गर्दै म्यानचेस्टर सिटी च्याम्पियन

इङ्ग्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ। गएराति सम्पन्न खेलमा एस्टोन भिल्लामाथि उत्कृष्ट ३-२ गोलको उत्कृष्ट पुनरागमन जित निकालेसँगै सिटी प्रिमियर लिगको च्याम्पियन बनेको हो।

इतिहाद स्टेडियममा सम्पन्न खेलको ३७ औं मिनेटमा एस्टोन भिल्लाका म्याट्टी क्यासले गोल गर्दा पहिलो पहिलो हाफमा घरेलु टोली एक गोलले पछि परेको थियो। दोस्रो हाफमा भिल्लाकै फिलिपे काउन्टिनोले गोल थप्दा सिटी थप दवाबमा आएको थियो। काउन्टिन्होले ६९ औं मिनेटमा गोल गरेका थिए।

दुई गोलले पछि परिसकेको अवस्थाबाट सिटीलाई माथि लैजान इल्के गुण्डोगनले दोहोरो गोल गरे। सिटीका लागि ७६ औं मिनेटमा खाता खोलेका उनले ८१ औं मिनेटमा अर्को गोल गरेका थिए। त्यसअघि ७८ औं मिनेटमा रोड्रीले गोल गरेका थिए।

योसँगै सिटीले पछिल्ला पाँच सिजनमा चौथो पटक प्रिमियर लिगको उपाधि जितेको छ। सिटीले ९३ अंक जोड्दै सिजनको अन्त्य गर्दा दोस्रो स्थानको लिभरपुलले ९२ अंक जोडेको छ। तालिकाको शीर्षचारमा सिटी र लिभरपुल पछि चेल्सी र टोटेनहम छन्। त्यस्तै रेलिगेशनमा बर्नली, वार्टफोर्ड र नर्विच सिटी परेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell