PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

शिवसताक्षीमा एमालेको जित



रासस

शिवसताक्षीमा एमालेको जित

झापा : शिवसताक्षी नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का मेघहाङ्ग थोप्राले १६ हजार ४९८ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पर्शुराम ढुङ्गानाले १३ हजार ५० मत ल्याई पराजित भए।

उपमेयरमा एमालेकी नरमाया कार्कीले १४ हजार १५५ मत प्राप्त गरी विजयी भइन् भने निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का महेन्द्र भट्टराईले नौ हजार ५२५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell