PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

अस्ट्रेलियाको ३१ औं प्रधानमन्त्री बने एन्थोनी, सपथपछि जापान प्रस्थान



पहिलोपोस्ट

अस्ट्रेलियाको ३१ औं प्रधानमन्त्री बने एन्थोनी, सपथपछि जापान प्रस्थान
Photo : Getty Images

एन्थोनी अलबानिजले अस्ट्रेलियाको प्रधानमन्त्रीको रुपमा सपथ लिएका छन्। निवर्तमान प्रधानमन्त्री स्कट मोरिसनको कन्सर्भेटिभ पार्टीलाई पराजित गर्दै अलबानिजको लेबर पार्टीले सरकार बनाएको हो।

सोमबार अलबानिजले अस्ट्रेलियाको ३१ औं प्रधानमन्त्रीका रुपमा सपथ लिएका हुन्। सपथ लिएसँगै उनी क्वाड राष्ट्रको अन्तर्राष्ट्रिय सम्मेलनका लागि टोकियोका लागि प्रस्थान गरेका छन्।

अलबानिजसँगै चार मन्त्रीले पनि सपथ लिएका छन्। रिचार्ड मार्लसलाई उपप्रधानमन्त्री एवम् रोजगार मन्त्री र पेन्नी योङलाई विदेश मन्त्रीको जिम्मेवारी दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell