PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

हेटौंडाका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ, प्रमुख लामा भन्छिन् : सबैलाई समेटेर अघि बढ्छौं



पहिलोपोस्ट

हेटौंडाका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ, प्रमुख लामा भन्छिन् : सबैलाई समेटेर अघि बढ्छौं

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुले आज सपथ ग्रहण गरेका छन्। हेटौंडाको पल्पसा हलमा आयोजित कार्यक्रममा मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले उपमहानगरपालिका प्रमुखमा निर्वाचित नेकपा एकीकृत समाजवादीकी मिना कुमारी लामालाई सपथग्रहण गराएका हुन्।

त्यसपछि प्रमुख लामाले उप प्रमुखमा निर्विचित राजेश बानियाँसँगै १९ वटै वडाका वडा अध्यक्षहरु र वडा सदस्यहरुलाई सपथग्रहण गराएकी थिइन्।।

सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख लामाले हेटौंडा उपमहानगरपालिकालाई समृद्ध नगर बनाउने बताइन्। नगरको विकासका लागि सबै एक भएर काम गर्नुपर्ने भन्दै उनले चुनावमा पराजित भएकाहरुले पनि जितेको महसुस गर्न आह्वान गरिन्।

‘हामीले प्राविधिक रुपमा जितेका हौं। प्रतिपक्षी दलको घोषणापत्र र हाम्रो घोषणापत्रलाई लिएर सँगै काम गछौं,’ उनले भनिन्।

कार्यक्रममा उपमहानगरपालिकाका निवर्तमान मेयर हरि बहादुर महतले हेटौंडामा निर्वाचित सबै जनप्रतिनिधिहरुलाई बधाइ ज्ञापन गरेका थिए। पाँच वर्ष सम्म नगरको सेवा गर्ने अवसर प्रदान गरेकोमा हेटौंडा उपमहानगरवासीलाई समेत धन्यवाद दिदै उपमहानगरपालिकाको विकासमा सबै जनप्रतिनिधिहरु लाग्नेमा उनले विश्वास व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell