PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

भरतपुरमा १७ हजार मत गन्न बाँकी रहँदा रेनुको अग्रता १० हजारभन्दा माथि



पहिलोपोस्ट

भरतपुरमा १७ हजार मत गन्न बाँकी रहँदा रेनुको अग्रता १० हजारभन्दा माथि

काठमाडौं : धेरैको चासो भएको भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फका उम्मेदवार रेनु दाहाल जित तर्फ उन्मुख भएकी छिन्। पछिल्लो मतगणना अनुसार दाहालले १० हजार १ सय २६ मतको अग्रता बनाएकी छिन्। माओवादी केन्द्रकी उम्मेद्वार दाहालले पछिल्लो मतगणना अनुसार ४४ हजार ३ सय ५ मत ल्याएकी छिन्। त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी विजय सुवेदीले ३४ हजार १ सय ७९ मत हासिल गरेका छन्।

रेनुको निर्वाचनलाई जितोन्मुख बनाउन स्वतन्त्रतर्फका उम्मेदवार जगन्नाथ पौडेलले हासिल गरेको मत परिणामले पनि उल्लेख्य भूमिका खेलेको छ। पौडेलले १३ हजार ५ सय १५ मत हासिल गरिसकेका छन्। नेपाली कांग्रेसका पौडेलले सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका हुन्।

अहिलेसम्म १ लाख १० हजार मतगणना भइसकेको छ। स्थानीय तह निर्वाचन २०७९ मा एक लाख २७ हजार ८३९ मत खसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell