काठमाडौं : झापाको गौरादह नगरपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुख दुवै पद जितेको छ।
१२ हजार ८४९ मत प्राप्त गर्दै प्रमुख पदमा एमालेका उम्मेदवार छत्रपति सुवेदी निर्वाचित भएका हुन्। उनले नेपाली कांग्रेसका उम्मेदवार रोहित कुमार शाहलाई पराजित गरेका हुन्। शाहले ११ हजार ४४८ मत प्राप्त गरे। शाह यसअघि सोही नगरको नगर प्रमुख पदमा निर्वाचित भएका थिए।
उपप्रमुखमा पनि एमालेका उम्मेदवार जलवर्षा राजवंशी विजयी भएकी छिन्। राजवंशीले ११ हजार ९१४ मत प्राप्त गरे। उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्पलाल ढकाललाई पराजित गरेका हुन्। ढकालले १० हजार ३४८ मत प्राप्त गरेका छन्।
गौरादह नगरपालिकामा नौ वडा रहेका छन्। जसमा वडा नं १ मा एमालेका तर्फबाट नगेन्द्र भण्डारी, २ मा कांग्रेसबाट गोपालप्रसाद कोइराला, ३ मा स्वतन्त्र उम्मेदवार दिलीपकुमार भण्डारी, ४ मा एमालेबाट दुर्गामणि बस्नेत, ५ मा एमालेबाट नै जगन्नाथ खनाल, ६ मा कांग्रेसबाट तोयानाथ प्रसाईं, ७ मा एमालेबाट बलराम खरेल, ८ मा माओवादीबाट गणेशकुमार राजवंशी र ९ मा एमालेबाट उपेन्द्र निरौला विजयी भएका छन्।