![गाउँपालिकाको अध्यक्षमा जित निकालेपछि उत्सव मनाउन सार्वजनिक बिदा?](https://pahilopost.com/assets/upload/contentthumb/282863167_1157263538452067_8435410230577454136_n.jpg)
काठमाडौं : सप्तरी जिल्लाको रुपनी गाउँपालिकामा आज सार्वजनिक बिदा दिइएको छ। स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको विजय उत्सव मनाउन आज बिदा दिइएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अरविन्द कुमार चौधरीले एक विज्ञप्ति जारी गर्दै नवनिर्वाचित पदाधिकारीको विजय उत्सव मनाउन नवनिर्वाचित अध्यक्षको आदेश अनुसार बिदा दिएको जनाएका छन्।
रुपनी गाउँपालिका अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट दिनेश कुमार यादव विजयी भएका छन्। उपाध्यक्षमा पनि लोसपाकै पुष्पा कुमारी श्रष्ठ विजयी भएकी छिन्।