PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

जापानमा बाइडेन : चीनको बढ्दो प्रभावलाई 'काउन्टर' दिने तयारीमा अमेरिकी राष्ट्रपति



पहिलोपोस्ट

जापानमा बाइडेन : चीनको बढ्दो प्रभावलाई 'काउन्टर' दिने तयारीमा अमेरिकी राष्ट्रपति
Photo : AP

अमेरिकी राष्ट्रपति जो बाइडेन जापान पुगेका छन्। राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेन पहिलोपटक एसियाली देशहरुको भ्रमणमा छन्। गत साता दक्षिण कोरिया पुगेका बाइडेन आज जापान पुगेका हुन्। त्यहाँ उनी क्वाड राष्ट्रको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनेछन्।

जापानका प्रधानमन्त्री फुमियो किसिदाले बाइडेनलाई विमानस्थलमा स्वागत गरेका थिए। त्यसपछि दुवै नेताबिच छलफल भएको थियो। त्यसक्रममा बाइडेनले जापानलाई सैन्य क्षमता बढाउन सहयोग गर्नेमा सहमति जनाएका थिए। यस्तै, बाइडेनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा जापानलाई स्थायी सदस्यमा सहयोग गर्ने समेत वाचा गरेका छन्।

बाइडेनले क्वाड राष्ट्रका नेताहरुसँग एसियाली देशमा चीनको बढ्दो प्रभावलाई ‘काउन्टर’ दिन योजनाहरु प्रस्तुत गर्ने अनुमान गरिएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell