PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा अखिल क्रान्तिकारीद्वारा प्रदर्शन



पहिलोपोस्ट

पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा अखिल क्रान्तिकारीद्वारा प्रदर्शन

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अखिल क्रान्तिकारीले राजधानीमा विरोध प्रदर्शन गरेको छ।

त्रिपुरेश्वरबाट सुरु भएको विरोध र्‍याली टेकु पुगेर सकिएको थियो। प्रदर्शनम सहभागीहरुले मूल्यवृद्धि फिर्ता लिन माग गरेका थिए।

नेपाल आयल निगमले सोमवार मध्यरातदेखि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रति लिटर १० रुपैयाँ बृद्धि भएको जनाएको थियो। यस्तै, ग्यासमा पनि प्रतिसिलिन्डर २०० रुपैयाँ बढाएको थियो। स्थानीय तहको निर्वाचन यतामात्रै पेट्रोल, डिजेल र मट्टीतेलमा २० रुपैयाँ प्रतिलिटर मूल्य बढिसकेको छ।

नयाँ मूल्य अनुसार अब एक लिटर पेट्रोलको मूल्य १८० रुपैयाँ निर्धारण भएको छ। त्यसैगरी डिजेल र मट्टीतेलको मूल्य लिटरको १६३ रुपैयाँ कायम भएको छ। बढेको मूल्य अनुसार अब एक सिलिन्डर ग्यासलाई १ हजार ८०० रुपैयाँ तिर्नुपर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell