
चुनाव सकिएको थियो, फ्याट्टै सरकारले बढाइदियो लिटरमै - १० रुपैयाँ। कुरा इन्धनको। गन्ती सकिन केही दिन बाँकी थियो - फेरि मूल्य बढाइदियो रु १०। एक सातामा २० रुपैयाँ। ग्यासको भाउ पनि एकै पटक २ सय रुपैयाँ सिलिन्डरमा। जनता चुनावको मतगणनामा अल्झिरहे। जितको जस्न मनाइरहेका छन्, प्रधानमन्त्री शेरबहादुर देउवा र उनका दलका नेता कार्यकर्ता। मत गणनाको ग्राफमा झै महँगीको ग्राफ पनि उत्तिकै रफ्तारमा चुलिइरहेको छ। इन्धनदेखि खाद्यान्नसम्म उस्तै अंकले गणना भइरहेछ महँगी। तर, महँगी नियन्त्रणका लागि न कुनै तयारी छ न कुनै योजना नै। अनि यो महँगीको भिरबाट गुल्टिनेमा के कांग्रेसका नेता कार्यकर्ता पर्दैनन्? सरकार र गठबन्धनको उदासिनताले यस्तै बयान जो गर्छ।