PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अहिलेको गठबन्धन प्रदेश र आम चुनावसम्म जान्छ : वरिष्ठ नेता पौडेल 



पहिलोपोस्ट

अहिलेको गठबन्धन प्रदेश र आम चुनावसम्म जान्छ : वरिष्ठ नेता पौडेल 

तनहुँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान र मुलुक बचाएर समृद्ध नेपाल बनाउनका लागि भएकाले अहिलेको गठबन्धन प्रदेश र आम चुनावसम्म जाने बताएका छन्।

तनहुँको व्यास नगरपालिको विजय र्‍यालीपछि सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले राजनीति र अहिलेको व्यवस्थालाई स्थायित्व दिएर मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउनका लागि परिवर्तनका पक्षधर पाँच दलका बिचमा गठबन्धन भएको दोहोर्‍याए। उनले व्यास नगरवासी र तनहुँवासीले मुलुक बचाउने, संविधान बचाउने र नेपाललाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउने अभियानमा कांग्रेसलाई जिताएर सहयोग गरेको भन्दै आभार व्यक्त गरे।

पौडेलले व्यवस्थालाई स्थायी बनाउने, विकास र समृद्धिलाई अगाडि बढाउने र भ्रष्टचार मुक्त नेपाल बनाउने आफ्नो अभियानमा व्यास नगरवासी र तनहुँवासीले होस्टेमा हैंसे थपिदिएको स्पष्ट पारे। उनले सत्तारुढ गठबन्धनमा आवद्ध परिवर्तनका पक्षधरहरुको अभियान नेपाललाई समृद्ध बनाउने र नेपाललाई बचाउने अभियान भएको पनि बताए। उनले स्थानीय चुनावमा व्यास नगरवासीले गरेको मेहनेत र सफलतामा नगरपालिकाको भविष्य जोडिएको भन्दै विजयी नेताहरुलाई जनताको विश्वासलाई कहिल्यै टुट्न नदिई शासक होइन जनताको सेवक बनेर काम गर्न निर्देशन दिए ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell