.jpg)
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले विलासिताका वस्तुहरुको आयातमा कडाइ र पेट्रोलियम पदार्थको उपयोगमा कमी ल्याउनुपर्ने बताएका छन्। सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि आज सामाजिक संजालमा प्रतिक्रिया दिँदै उनले सरकारले देशमा देखिएका समस्या समाधान गर्ने बजेट ल्याउनुपर्ने बताएका हुन्।
देशमा बढ्दो व्यापारघाटालाई ध्यान दिँदै उत्पादनमूलक क्षेत्रमा खर्च बढाउने र आयात घटाउने गरी बजेट निर्माण गर्न उनले सुझाव दिएका छन्। नेपालले आयात प्रतिस्थापन, विलासिताका वस्तुहरूको आयातमा कडाइ, पेट्रोलियम पदार्थको कम उपयोग, आत्मनिर्भर कृषि र निर्यातमूलक वस्तुहरूको उत्पादनमा विशेष ध्यान दिनुपर्ने पनि उनले बताएका छन्।