PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

राष्ट्रियसभामा सांसदहरुको माग : बलात्कारसम्बन्धी कानुनको हदम्याद हटाऔं



पहिलोपोस्ट

राष्ट्रियसभामा सांसदहरुको माग : बलात्कारसम्बन्धी कानुनको हदम्याद हटाऔं

काठमाडौं : राष्ट्रियसभाका सदस्यहरुले बलात्कारसम्बन्धी कानुनमा व्यवस्था गरिएको हदम्यादको प्रावधान हटाउनुपर्ने माग गरेका छन्। आजको बैठकको विशेष समयमा बोल्दै सांसद डा बिमला राई पौड्यालले बलात्कारसम्बन्धी कानुनलाई जतिसक्दो चाँडो संशोधन गर्नुपर्ने र नभए बलात्कारसम्बन्धी नयाँ कडा कानुन ल्याउन माग गरेकी हुन्।

८ वर्षअघि मनोज पाण्डेले आफूलाई बलात्का गरेको भन्दै एक युवतीले भिडियो सार्वजनिक गरेपछि अहिले हदम्याद बारे सडकदेखि सदनसम्म चासो बढेको छ। प्रहरीले पाण्डेलाई पक्राउ गरि घटनाबारे अनुसन्धान गरिरहेको छ।

यसै सन्दर्भमा आजको बैठकमा नेकपा नेकपा माओवादी केन्द्रका मायाप्रसाद शर्माले विगतमा भएका बलात्कारका घटनाको छानविन गर्न कानुनी हदम्यादको समस्या देखिएको भए पनि दोषीलाई कानुनी कठघरामा ल्याउनैपर्ने माग गरिन्।

त्यसैगरि, राष्ट्रियसभा सदस्य डा खिमलाल देवकोटा, भगवती न्यौपाने लगायतले पनि बलात्कार र जघन्य अपराधमा हदम्याद हटाउनुपर्नेमा जोड दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell