PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

पोखरा महानगरमा धनराज र मञ्जुदेवीको अग्रता कायमै



पहिलोपोस्ट

पोखरा महानगरमा धनराज र मञ्जुदेवीको अग्रता कायमै

काठमाडौं : पोखरा महानगरपालिका प्रमुखमा गठबन्धनका उम्मेदवार धनराज आचार्यले अग्रता कायम राखेका छन्।  हालसम्म १ लाख २८ हजार ३१६ मतगणना हुँदा नेकपा एकीकृत समाजवादीका आचार्यले ५१ हजार ८८१ मत ल्याएका छन्।

प्रमुखमा नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ४७ हजार ५७१ मत ल्याएका छन्।

यस्तै, उपप्रमुखमा भने नेकपा एमालेकी उम्मेदवारले मतान्तर बढाएकी छिन्। एमालेकी मञ्जुदेवी गुरुङले ५४ हजार ३२८ मत ल्याउँदा गठबन्धन उम्मेदवार कोपिला रानाभाटले ५० हजार ६२६ मत ल्याएकी छिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell