PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

मोरङका जनप्रतिनिधिले सम्हाले कार्यभार : करको दर घटाउने र दायरा बढाउने प्रस्तावमा नागेशले गरे हस्ताक्षर



पहिलोपोस्ट

मोरङका जनप्रतिनिधिले सम्हाले कार्यभार : करको दर घटाउने र दायरा बढाउने प्रस्तावमा नागेशले गरे हस्ताक्षर

विराटनगर : विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख नागेश कोइरालाले आफ्नो सपथग्रहण पछि करको दर घटाउने र दायरा बढाउने भन्ने टिप्पणीमा पहिलो हस्ताक्षर गरेका छन्। कोइरालाले महानगरपालिकाले लिँदै आएको घरजग्गा कर, सम्पत्ति कर, वहाल कर आदिका दर घटाउने र दायरा बढाउने टिप्पणीमा पहिलो हस्ताक्षर गरेका हुन्।

महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतका अनुसार हरेक असार महिनामा हुने नगरसभाले करका दर र दायरा तय गर्ने गरेको छ। प्रमुख कोइरालाले सोमबार गरेको पहिलो निर्णयमा महानगरसभामा करका दर घटाउन र दायरा बढाउन प्रस्ताव गर्ने उल्लेख गरिएको छ।

उपमहानगरकी उपप्रमुख शिल्पा कार्कीले पदभार गरेपछि लैङ्गिक हिंसा निवारण कोषको स्थापना गर्ने पहिलो निर्णय गरेकी छिन्।

यसअघि मोरङका मुख्य निर्वाचन अधिकृत भरत लम्सालले प्रमुख कोइरालासहित जिल्लाका अन्य पालिका प्रमुख र अध्यक्षलाई पद तथा गोपनीयताको सपथ गराएका थिए। त्यसपछि प्रमुख र अध्यक्षले पालिकाका उप प्रमुख र उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यलाई सपथग्रहण गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell