PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

भरतपुर महानगरको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी



पहिलोपोस्ट

भरतपुर महानगरको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी

काठमाडौं : चितवनको भरतपुर महानगरपालिकाको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन्। गठबन्धनबाट उपमेयरका उम्मेदवार रहेका अधिकारीले ४७ हजार २२८ मत पाएका छन्।

अधिकारीले जित निकाले पनि औपचारिक घोषणा भने हुन बाँकी नै छ। १३ हजार ६८९ मत गन्न बाँकी छाँदा अधिकारी १९ हजार बढी मतका साथ अग्रता लिइरहेका छन्।   

उनका निकटम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङले २७ हजार ७१४ मत पाएका छन्। भरतपुरमा कुल मत एक लाख २७ हजार ५६६ खसेकोमा हालसम्म एक लाख १३ हजार ८७७ गनिसकेको छ।

भरतपुरको मेयरमा गठबन्धनबाट साझा उम्मेदवार रहेकी रेनु दाहाल जितको नजिक पुगिसकेकी छिन्। १३ हजार मत गन्न बाँकी रहँदा रेनु र एमालेका विजय सुवेदीको मतान्तर ११ हजार १० रहेको छ।

हाल रेनुले ४६ हजार २५५ मत पाउँदा विजयले ३५ हजार २४५ मत पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell