PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

४४ हजार मत गन्न बाँकी रहँदा बालेन्द्र साहको झन्डै २० हजार मतको अग्रता



पहिलोपोस्ट

४४ हजार मत गन्न बाँकी रहँदा बालेन्द्र साहको झन्डै २० हजार मतको अग्रता

काठमाडौं : गणना भएको कूल मतको ३३ प्रतिशत हासिल गर्दै काठमाडौं महानगरपालिकाका मेयरका प्रत्यासी स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले फराकिलो अग्रता कायमै राखेका छन्। १ लाख ४६ हजार ३ सय ३८ मत गनिसक्दा बालेन्द्रले ४८ हजार ९ सय २२ मत ल्याएका छन्।

४४ हजार मत गन्न बाँकी रहँदा बालेन्द्र साहले निकटतम प्रतिद्वन्द्वीहरुलाई झन्डै २० हजार मतान्तरले पछि पारेका छन्। नेपाली कांग्रेसका सिर्जना सिंहले ३० हजार २५ मत हासिल गरेकी छिन्। साहसँग उनको मतान्तर १८ हजार ८ सय ९७ रहेको छ।

त्यसैगरी नेकपा एमालेका केशव स्थापितले २९ हजार १ सय ५९ मत ल्याएका छन्। स्थापितको बालेनसँगको मतान्तर १९ हजार ७ सय ६३ रहेको छ।

काठमाडौंको निर्वाचन परिणामले बालेन्द्र साहलाई आगामी मेयरका रुपमा जनमत मिलेको छ। औपचारिक रुपमा उनले जित निकाल्न केही दिन प्रतीक्षा गर्नुपर्नेछ। १० वटा वडामा अझै मत गणना जारी रहेकाले अन्तिम परिणाम आउन केही दिन लाग्ने देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell