PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

धनराजले पनि पोखरामा जित सुनिश्चित गरे, गन्न बाँकी भन्दा मतान्तर बढी



पहिलोपोस्ट

धनराजले पनि पोखरामा जित सुनिश्चित गरे, गन्न बाँकी भन्दा मतान्तर बढी

पोखरा : पाँच हजार हाराहारी मत गणना बाँकी नै रहँदा पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यले जित निकालेका छन्। गन्न बाँकी मतभन्दा बढी अन्तर कायम राख्दै उनले जित सुनिश्चित गरेका हुन्। पूरै मत गणना भइसकेपछि मात्र उनको जितले औपचारिकता पाउनेछ।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका आचार्य सत्ता गठबन्धनका तर्फबाट महानगरमा उम्मेदवार हुन्। उनले नेकपा एमालेको गढ मानिएको पोखरामा जित निकालेका हुन्। पछिल्लो मत परिणाम अनुसार उनले ५४ हजार ३ सय ३७ मत हासिल गरिसकेका छन्। उनका निकटतम प्रतद्वन्द्वी नेकपा एमालेका कृष्णबहादुर थापाले ४९ हजार ६ सय १ मत हासिल गरेका छन्।

मतान्तरका र गन्न बाँकी मतबिचको अन्तरका आधारमा आचार्यले पोखरा महानगरपालिकाको नेतृत्व गर्ने निश्चित भएको छ। पोखराको जितसँगै एकीकृत समाजवादी महानगरपालिकाको नेतृत्वमा पुगेको छ। मुलुकका ६ वटा महानगरपालिकामध्ये कुनैमा पनि नेकपा एमालेले जित निकाल्न सकेन यसपाला।

पोखराको उपमेयरमा भने मञ्जुदेवी गुरुङले जित निकाल्ने भएकी छिन्। नेकपा एमालेका गुरुङले ५६ हजार ७ सय ४१ मत हासिल गरेकी छिन्। उनलाई पछ्याइरहेकी नेपाली कांग्रेसका कोपिला रानाभाटले ५२ हजार ६ सय ७० मत हासिल गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell