PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

महानगरमा सबैभन्दा बढी मतान्तरले जित्दै राजेशमान सिंह, चलेन सरावगीको चाल



पहिलोपोस्ट

महानगरमा सबैभन्दा बढी मतान्तरले जित्दै राजेशमान सिंह, चलेन सरावगीको चाल

वीरगंज : जनता समाजवादीका उम्मेदवार राजेशमान सिंहले महानगरपालिका मध्ये सबैभन्दा बढी मतान्तरले आफूलाई सुरक्षित गरेका छन्। औपचारिक जितको घोषणामात्र गर्न बाँकी वीरगंज महानगरपालिकको मेयरमा सिंहले ४३ हजार १ सय ३२ मत जोड्दा सबैभन्दा निकट प्रतिस्पर्धी नेकपा एमालेका विजयकुमार सरावगीले २२ हजार ८९ मत मात्र ल्याएका छन्।

वीरगंजमा पनि थोरैमात्र मत गन्न बाँकी छ। आजै यहाँको निर्वाचन परिणाम आउनेछ। वीरगंजमा पत्रकारिताबाट राजनीतिमा होमिएका गिरिश गिरी तेस्रो स्थानमा छन्। उनले ३ हजार १ सय ५० मत ल्याएका छन्।

राजेशमान सिंह सत्ता गठबन्धनबाट मेयरको प्रत्यासी हुन्। सरावगी चाहिँ हालै नेकपा एमाले प्रवेश गरेर मेयरको टिकट हत्याउन सफल थिए तर मतदाताले उनलाई बलियोसँग पत्याएनन्।

यता उपप्रमुख पदमा भने नेपाली कांग्रेसका इम्तयाज आलमले आफूलाई सुरक्षित गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell