PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

भरतपुर महानगरको मेयरमा रेनु दाहाल निर्वाचित, उपमेयरमा चित्रसेन अधिकारी



पहिलोपोस्ट

भरतपुर महानगरको मेयरमा रेनु दाहाल निर्वाचित, उपमेयरमा चित्रसेन अधिकारी

काठमाडौं : चितवनको भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल विजयी भएकी छन्। दाहाल नेकपा एमालेका विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पछि पार्दै मेयरमा विजयी भएकी हुन्।

मेयरमा दाहालले ५२ हजार ३० मत पाउँदा सुवेदीले ३९ हजार ५८१ मत पाएका छन्। दाहाल पाँच दलीय गठबन्धनका उम्मेदवार हुन् भने एमालेले राप्रपासँग तालमेल गरेको थियो। अघिल्लोपटक दाहाल एमालेका देवी ज्ञवालीसँग २०३ मतान्तरले निर्वाचित भएकी थिइन्।

कांग्रेसबाट बागी बनेका जन्नाथ पौडेलले १४ हजार ७२८ मत पाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक परिणाम भने सार्वजनिक गरिसकेको छैन।

यता भरतपुरको उपमेयरमा पनि गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका चित्रसेन अधिकारी निर्वाचित भएका छन्। उनले राप्रपाका हिमला गुरूङलाई २२ हजार १९१ मतान्तरले अग्रता लिएका हुन्। अधिकारीले ५२ हजार ८०३ मत प्राप्त गर्दा गुरूङले ३० हजार ६१२ मत प्राप्त गरिन्।

महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो। २९ वडा रहेको भरतपुर महानगरमा १६ वटा वडा कांग्रेसले जित निकालेको छ। यस्तो नेकपा एमालेले ६ वटा वडा, नेकपा (एकीकृत समाजवादी) ले ३ वटा वडा र माओवादी केन्द्रले ३ वटा वडामा जित निकालेको छ। वडा नं २५ मा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell