PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

२५ वर्षीय दीपक पासवानको हत्यामा संलग्न तीन फरार अभियुक्त काठमाडौंबाट समातिए



पहिलोपोस्ट

२५ वर्षीय दीपक पासवानको हत्यामा संलग्न तीन फरार अभियुक्त काठमाडौंबाट समातिए

वीरगंज: वीरगंजमा २५ वर्षीय दीपक पासवानको हत्या अभियोगमा फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। यसअघी घाँटी रेटी हत्या गरेको आरोपमा बाराबाट प्रहरीले दुई युवालाई पक्राउ गरेको छ। तीन जनाको संलग्नता देखिए पनि उनीहरु फरार रहेका थिए।

पर्सा ठोरीका २२ वर्षीय सरोज स्याङ्वो,  पर्साकै २० वर्षीय किसन लोप्चन र एक १७ वर्षीय किशोरलाई नियन्त्रणा लिएको हो। उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।         

सोहि घटना जितपुर सिमरा उपमहानगरपालिका वडा नं २० का २० वर्षीय शेखनवि आलम र २१ वर्षीय शेख सलिमलाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ।

प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार उनीहरुलाई बारा जितपुर सिमरा–१० बस्डिल्वा बस्ने २५ वर्षीय दीपक पासवानको हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो। यही जेठ ६ गते बस्डिल्वास्थित कठोहखोला छेउमा बालुवामा पुरिएको अवस्थामा पासवानको शव फेला परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell