PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

बालेन्द्र साहले काठमाडौंमा ५० हजार मत कटाउँदा तिकिझ्या: लिएर उठेका सुमनले ल्याए ८८३०



पहिलोपोस्ट

बालेन्द्र साहले काठमाडौंमा ५० हजार मत कटाउँदा तिकिझ्या: लिएर उठेका सुमनले ल्याए ८८३०

काठमाडौं : स्वतन्त्र उम्मेदवार बालेन्द्र साहका कारण रोमाञ्चक बन्न पुगेको काठमाडौं महानगरको निर्वाचनको मतगणना जारी छ। पछिल्लो मत परिणाम अनुसार साहले ५० हजार मत कटाउँदै जित सुनिश्चित गराएका छन्।

काठमाडौं महानगरमा अब ४० हजार मत गन्न बाँकी छ। बालेन्द्र साहको निकटम प्रतिस्पर्धी उनीभन्दा ठूलो मतान्तरले पछाडि छन्। मेयरका लागि कांग्रेसका उम्मेदवार सिर्जना श्रेष्ठले ३१ हजार २ सय ९३ मत ल्याएकी छिन् भने उनको पछि पछि छन् नेकपा एमालेका केशव स्थापित।

केशव स्थापितको मत ३० हजार ६ सय ७५ पुगेको छ। २०५४ सालमा काठमाडौं महानगरपालिकाको निर्वाचनमा फराकिलो अन्तरले जित हासिल गरेका स्थापितले उल्लेख्य काम गरेको भए पनि पछिल्ला दिन उनी विवादित रहँदै आएका छन्। 

तिकिझ्या: चुनाव चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार सुमन सायमिले ८ हजार ८ सय ३० मत हासिल गरेका छन्। उनको उम्मेदवारीको खासै चर्चा थिएन तर भित्री शहरमा उनले राम्रो मत बटुलेका छन्।

सुनिता डंगोलले अत्याधिक फराकिलो मतान्तरले उप प्रमुख पद जित्दैछिन्। उनी नेकपा एमालेबाट चुनावी मैदानमा छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell