PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

पोखरा वडा नम्बर १८ मा पुन: मतगणना गर्न माग गर्दै एमालेको निवेदन



पहिलोपोस्ट

पोखरा वडा नम्बर १८ मा पुन: मतगणना गर्न माग गर्दै एमालेको निवेदन

पोखरा : नेकपा (एमाले)ले पोखरा महानगरपालिका वडा नम्बर १८ मा पुन: मतगणना गर्न माग गर्दै आज निवेदन दिएको छ।

वडामा ४ हजार ३४८ खसेको मतमा ९ मत कम आएपछि आज एमालेका वडाध्यक्ष उम्मेदवार पुष्कल बहादुर थापा र महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेले निवेदन दिएका हुन्।

यस वडामा पुष्कल बहादुर नेपाली कांग्रेसका उम्मेदवार शिव तिमिल्सिनासँग ३ मतले पराजित भएका थिए। सोमवार निस्किएको नतिजा अनुसार पुष्कलले १ हजार ६४० मत ल्याउँदा शिवले १ हजार ६४३ मत ल्याएका थिए।

यस्तै, एमालेले वडा ३१ मा पनि पुनः मतगणना गर्न माग गर्दै निवेदन दिने जनाएको छ।

‘मतगणनाको क्रममा तलमाथि भएपछि मतगणना गर्न छुट्यो भन्ने हाम्रो आशंका छ त्यसकारणले पुन मतगणना गर्नुपर्छ भन्ने हो,’ पोखरा महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell