PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

सेन्ट लरेन्स कलेजमा शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित, प्रहरीले थाल्यो अनुसन्धान

सेन्ट लरेन्स कलेजमा शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित, प्रहरीले थाल्यो अनुसन्धान

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौः चाबहिलमा रहेको सेन्ट लरेन्स कलेजमा शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।

आज बिहानदेखि विद्यार्थीहरुले दुर्व्यबहार गर्ने शिक्षकलाई पक्राउ गरेर अनुसन्धान गर्नु पर्ने भन्दै आन्दोलन गरेपछि प्रहरी कलेजमा पुगेको छ। आक्रोशित विद्यार्थीरुले कलेज र  गौशलास्थित प्रहरी कार्यालय अगाडि पनि प्रर्दशन गरिरहेका छन्।

'घटनाको बारेमा अनुसन्धान सुरु भएको छ। के भएको हो भन्ने बुझ्दै छौं,'महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालील भने।

महानगरीय प्रहरी वृत गौशालाका प्रमुखलाई घटनाको अनुसन्धान निर्देशन दिएको छ। प्रहरीले पिडित विद्यार्थीबाट जाहेरी लिने तयारी गरिरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell