PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

ललितपुरमा चिरिबाबुलाई सफलता मिल्दा, एमालेको उपप्रमुख मञ्जली शाक्य पनि जित नजिक



पहिलोपोस्ट

ललितपुरमा चिरिबाबुलाई सफलता मिल्दा, एमालेको उपप्रमुख मञ्जली शाक्य पनि जित नजिक

काठमाडौं : ललितपुर महानगरपालिकाको जारी मत गणनामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार चिरिबाबु महर्जन जित नजिक पुगेका छन्। मंगलवार दिउँसो सम्मको मत गणना अनुसार उनले ४१ हजार ५ सय ८० मत ल्याएका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले २३ हजार ५ सय ४ मत ल्याए। ८५ हजार ८ सय ६१ जम्मा मत खसेकोमा अब २ हजार ५ सय १३ मतमात्रै गन्न बाँकी छ।

मत गन्नुभन्दा पहिले नै महर्जनले आफ्नो अग्रतालाई फराकिलो बनाएका छन्। उनको अग्रता जितका लागि पर्याप्त भइसकेको छ। दुई जना बिचको अन्तर १८ हजार ७६ छ अहिले।

यस्तै, उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार मञ्जली शाक्यले अग्रता फराकिलो पारेकी छन्। शाक्यले २३ हजार ९ सय ७२ मत ल्याउँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार बाबुराज बज्राचार्यले १७ हजार ३६ मत ल्याएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell