PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

आईपीएलको फाइनल प्रवेशका लागि भिड्दै गुजरात र राजस्थान, पहिलो पटक आईपीएल जित्ने होडमा तीन टोली



पहिलोपोस्ट

आईपीएलको फाइनल प्रवेशका लागि भिड्दै गुजरात र राजस्थान, पहिलो पटक आईपीएल जित्ने होडमा तीन टोली

इण्डियन प्रिमियर लिग (आईपीएल)का ग्रुप स्टेजका सबै ७० खेलहरु सकिइसकेका छन्। त्यस्तै प्लेअपका लागि चारवाट टोली पनि निश्चित भइसकेका छन्। यसपाला नवप्रवेशी हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरात टाइटन्स शीर्षस्थानमा रहँदा सञ्जु सामसनको कप्तानीमा रहेको राजस्थान रोयल्स दोस्रो स्थानमा रहँदै ग्रुप स्टेज पार गर्‍यो। यस्तोमा गुजरात र राजस्थानबीच पहिलो क्वालिफायर्स खेल हुनेछ। यो खेल आज साँझ पौने ८ बजे सुरु कोलकत्तास्थित इडन गाडेन्स स्टेडियममा हुनेछ। यो खेलमा जित्ने टोलीले सिधै फाइनलमा स्थान बनाउने छ भने पराजय ब्यहोर्ने टोलीले पनि अर्को अवसर पाउनेछ।

क्वालिफायर्स १ मा पराजय ब्यहोर्ने टोलीले फेरि क्वालिफायर्स २ खेल्नेछ। यो खेल एलिमिनेटर जित्ने टोलीसँग हुनेछ। एलिमिनेटरमा भोली लखनउ सुपर जायन्ट र रोयल च्यालेन्जर्स बेङ्ग्लोरबीच खेल हुनेछ। जित्ने टोलीले आजको खेलमा पराजय ब्यहोर्ने टोलीसँग खेल्नेछ।

नयाँ च्याम्पियन मिल्ने सम्भावना

आईपीएलका सदाबहाद दाबेदार मुम्बइ इण्डियन्स र चेन्नइ सुपर किंग्सले फितलो प्रदर्शन गर्दा प्लेअफसम्म पनि यसपाला आइपुग्न सकेनन्। प्लेअफमा पुगेका चार टोलीमा दुई टोली लखनउ सुपर जाइन्ट र गुजरात टाइटन्स नवप्रवेशी टोली हुन् भने रोयल च्यालेन्जर्स बेङ्ग्लोरले हालसम्म उपाधि जित्न सकेन। अर्को टोली राजस्थानले भने एकपटक उपाधि जितिसकेको छ।

मौसमको डर

कोलकत्तामा आज क्वालिफायर्सको खेल हुँदै गर्दा त्यहाँ वर्षाद हुनसक्ने त्यहाँको मौसम विभागले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell