PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

पोखरा महानगरको प्रमुख पदमा जित्ने पक्का भएपछि अर्थमन्त्री शर्मालाई भेटेर फर्किए धनराज



पहिलोपोस्ट

पोखरा महानगरको प्रमुख पदमा जित्ने पक्का भएपछि अर्थमन्त्री शर्मालाई भेटेर फर्किए धनराज

पोखरा : पोखरा महानगरको मतगणना जारी छ। नेकपा एकीकृत समाजवादीबाट प्रमुखमा धनराज आचार्यले जित सुनिश्चित गरेका छन्। पोखराको प्रमुखमा आफ्नो जित सुनिश्चित भएपछि धनराज काठमाडौं पुगेर पोखराका लागि चाहिने पर्याप्त बजेट माग गरेर फर्किएका छन्। मतगणना जारी रहँदा धनराज शनिवार काठमाडौं पुगेर सोमबार पोखरा फर्किएका हुन्।

निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नलागि ल्याण्डफिल साइट निर्माण प्रमुख चुनौती बनेको छ। जसका लागि धनराज आवश्यक बजेट माग गर्दै अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेका हुन्। ल्याण्डफिल साइट स्थानान्तरण गर्नका लागि पोखरासँग पर्याप्त बजेट नभएपछि उनी सङ्घ सरकार सङ्घ बजेट माग गर्न पुगेका हुन्।

‘जितको कुरामा पहिल्यैदेखि पक्का थिए। अब, बजेट आउँदै छ। त्यसैले पोखराका लागि तत्काल समेट्नुपर्ने योजना अर्थमन्त्री समक्ष टिपाएर आएको छु,’ धनराजले भने, ‘चुनौती बनेको ल्यान्ड फिल्ड साइट यही बजेटमा समेटिएन भने फेरि ६ महिना १ वर्ष ढिलो हुन्छ । म ढिलो हुन चाहन्नँ।’

यस्तै, पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न माग पनि गरेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell