PahiloPost

Mar 30, 2026 | १६ चैत्र २०८२

शिक्षकलाई कारबाहीको  माग गर्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी प्रहरी वृत अगाडि धर्नामा, शिक्षकको पुतला दहन

शिक्षकलाई कारबाहीको माग गर्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी प्रहरी वृत अगाडि धर्नामा, शिक्षकको पुतला दहन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : चावहिलस्थित सेन्ट लरेन्स कलेजमा शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुले बिहानैदेखि आन्दोलन जारी राखेका छन्। अहिले महानगरीय प्रहरी वृत गौशालाअगाडि विद्यार्थीहरुले धर्ना दिएका छन्।

आज बिहानदेखि विद्यार्थीहरुले दुर्व्यवहार गर्ने शिक्षकलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने भन्दै आन्दोलन गरेपछि प्रहरी कलेजमा पुगेको छ। आक्रोशित विद्यार्थीरुले कलेज र गौशालास्थित प्रहरी कार्यालय अगाडि पनि प्रर्दशन गरिरहेका छन्।

‘घटनाको बारेमा अनुसन्धान सुरु भएको छ। के भएको हो भन्ने बुझ्दै छौँ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले भने।

महानगरीय प्रहरी वृत गौशाला प्रमुखको नेतृत्वमा घटनाको अनुसन्धान सुरु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी मैनालीले जानकारी दिए। प्रहरीले पीडित विद्यार्थीबाट जाहेरी लिने तयारी गरिरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell