PahiloPost

Jun 18, 2026 | ४ असार २०८३

भेरी घटनाको २ वर्ष पूरा : माइतीघरमा ‘भेरी प्रतिरोध मार्च’

भेरी घटनाको २ वर्ष पूरा : माइतीघरमा ‘भेरी प्रतिरोध मार्च’

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : भेरी घटनाको २ वर्ष पुगेको अवसरमा आज काठमाडौंमा मार्च गरिएको छ। माइतीघरमा युवाले ‘भेरी प्रतिरोध मार्च’ गरेका हुन्।

मार्चमा सहभागीहरुले ‘जुन थितिमा जात छ, मान्छे त्यहाँ दास छ’, ‘धर्मको आड लिएर जातको सत्ता बनायौ, जातकै सत्ता पालेर प्रेमको घाँटी समायौ’ लगायतका पर्चा बोकेर प्रदर्शन गरेका थिए।

२०७७ साल जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर-८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जाजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ का नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए। त्यस बेला केटी लाने पक्ष र केटी पक्षबीच झडप भएको थियो।

भाग्ने क्रममा नदीमा हाम फालेका नवराज विकको शव भेरी नदीको बिच भागमा फेला परेको थियो। उनीसँगै गएका लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा,  टीकाराम सुनार, गणेश बुढा र गोविन्द शाही पनि मृत भेटिएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell