PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

खाना खान गएका एमाले प्रतिनिधि नआएपछि पोखरामा मतगणना स्थगित



पहिलोपोस्ट

खाना खान गएका एमाले प्रतिनिधि नआएपछि पोखरामा मतगणना स्थगित
फाइल फोटो।

पोखरा : पोखरा महानगरपालिकामा मतगणनाका क्रममा नेकपा (एमाले) का प्रतिनिधि मतगणना स्थलमा नआएपछि गणना रोकिएको छ। खाना खान गएका एमालेका प्रतिनिधि मतगणना स्थलमा नफर्किएपछि पोखरामा जारी मतगणना रोकिएको हो।

पोखरामा वडा नम्बर २२, ३२ र ३३ को मतगणना जारी छ। वडा १८ को पुन मतगणना गर्नुपर्ने माग राख्दै एमालेले निवेदन दिएपछि एमालेका प्रतिनिधि पनि मतगणनास्थल नआएका हुन्।

पोखरामा प्रमुख पदमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले जित निश्चित गरेका छन् भने उपप्रमुखमा मञ्जुदेवी गुरुङको अग्रता छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell