PahiloPost

Feb 6, 2025 | २४ माघ २०८१

मोटरसाइकल चोरीमा संलग्न २ जना बुटवलबाट पक्राउ



पहिलोपोस्ट

मोटरसाइकल चोरीमा संलग्न २ जना बुटवलबाट पक्राउ

बुटवल : रुपन्देहीको बुटवलमा मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न रहँदै आएका २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बुटवल उपमहानगरपालिका-११ राज्यलक्ष्मी पथमा पार्किङ गरी राखेको लु ५६ प २९०७ नम्बरको पल्सर मोटरसाइकल गत शुक्रवार साँझ हराएको थियो। उक्त मोटरसाइकल खोजी गर्ने क्रममा प्रहरीले २ जनालाई मोटरसाइकलसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना ननगरपालिका-६ बस्ने १८ वर्षीय निश्चल बुढाथोकी र कञ्चन गाउँपालिका-२ बस्ने १८ वर्षीय अभिषेक थारु रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए।

उनीहरुलाई कानुन बमोजिम सवारी चोरी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell