PahiloPost

Mar 30, 2026 | १६ चैत्र २०८२

मतगणना जारी राख्न माग गर्दै पोखरामा निर्वाचन अधिकृत कार्यालयअगाडि कांग्रेस कार्यकर्ताको नाराबाजी



पहिलोपोस्ट

मतगणना जारी राख्न माग गर्दै पोखरामा निर्वाचन अधिकृत कार्यालयअगाडि कांग्रेस कार्यकर्ताको नाराबाजी

पोखरा : पोखरा महानगरपालिकाको मतगणना स्थगित भएपछि नेपाली कांग्रेसका कार्यकर्ताहरुले निर्वाचन अधिकृत कार्यालयअगाडि नाराबाजी गरेका छन्। कांग्रेसका कार्यकर्ताहरुले ‘मतगणना जारी गर’ भन्दै निर्वाचन अधिकृत कार्यालयअगाडि नाराबाजी गरेका हुन्।

मतगणनाका क्रममा नेकपा (एमाले) का प्रतिनिधि मतगणना स्थलमा नआएपछि गणना रोकिएको छ। खाना खान गएका एमालेका प्रतिनिधि मतगणना स्थलमा नफर्किएपछि पोखरामा जारी मतगणना रोकिएको हो।

पोखरामा वडा नम्बर २२, ३२ र ३३ को मतगणना जारी छ। वडा १८ को पुनः मतगणना गर्नुपर्ने माग राख्दै एमालेले निवेदन दिएपछि एमालेका प्रतिनिधि पनि मतगणनास्थल नआएका हुन्।

पोखरामा प्रमुख पदमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले जित निश्चित गरेका छन् भने उपप्रमुखमा मञ्जुदेवी गुरुङको अग्रता छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell