PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

४५ हजार मत गन्दा तिलोत्तमा नगरपालिकाको प्रमुखमा खाण ८८४ मतले अगाडि



पहिलोपोस्ट

४५ हजार मत गन्दा तिलोत्तमा नगरपालिकाको प्रमुखमा खाण ८८४ मतले अगाडि

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण खाण र नेकपा (एमाले) का मोहन चापागाईंबिच सुरु देखिनै तीव्र प्रतिस्पर्धा भइरहेको छ।

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका खाण ८८४ मतान्तरले अगाडि छन्। खाणले १७ हजार ५४३ मत पाउँदा एमालेका चापागाईंले १६ हजार ६५९ मत पाएका छन्। रामकृष्ण गृहमन्त्री बालकृष्ण खाणका सहोदर भाइ हुन्।

यस्तै, उपमेयरमा भने सुरूदेखि नै एमालेकी उम्मेदवार जागेश्वरी देवी चौधरी अगाडि छन्। उनले १६ हजार ३३२ मत प्राप्त गर्दै नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हेमलाल पाण्डेलाई दोब्बर मत अन्तरले पछाडि पारेकी छन्।

पाण्डेले ८ हजार ११९ मत ल्याएका छन्। तिलोत्तमामा जम्मा ६४ हजार मत खसेकोमा अहिलेसम्म ४५ हजार ३५७ मत गणना भएको छ।

तिलोत्तमा नगरपालिकामा हालसम्म वडा नम्बर १, २, ३, ४, ५, १२, १३, १४ १५, १६ र १७ को अन्तिम परिणाम आइसकेको छ। ति वडामध्ये वडा नम्बर १, ४, १२ र १५ मा एमालेले जितेको छ भने वडा नम्बर २, ३, ५, १३, १४, १६ र १७ मा नेपाली कांग्रेसले विजय हासिल गरेको छ।

अहिले वडा नम्बर ६, ७, १०, र ११ को मत गणना भइरहेको निर्वाचन कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell