PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

युवाले नाटकको माध्यमबाट पोखे २ वर्षअघि भएको भेरी घटनाको आक्रोश

युवाले नाटकको माध्यमबाट पोखे २ वर्षअघि भएको भेरी घटनाको आक्रोश

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : भेरी घटनाको २ वर्ष पुगेको सम्झनामा आज काठमाडौंमा नाटक प्रदर्शन गरिएको छ। घटनाको सम्झनामा माइतीघरमा सभा आयोजना गरिएको छ।

नागरिक आन्दोलन र विभिन्न समूहले आयोजना गरेको सभामा नाटक प्रदर्शन गरिकएको हो। उनीहरूले नाटकको माध्यमबाट पनि घटनाबारे आक्रोश व्यक्त गरेका थिए।

२०७७ साल जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर-८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जाजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ का नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए। त्यस बेला केटी लाने पक्ष र केटी पक्षबीच झडप भएको थियो।

भाग्ने क्रममा नदीमा हाम फालेका नवराज विकको शव भेरी नदीको बिच भागमा फेला परेको थियो। उनीसँगै गएका लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा,  टीकाराम सुनार, गणेश बुढा र गोविन्द शाही पनि मृत भेटिएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell