PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

एमालेलाई कांग्रेसको काउन्टर : पोखरा महानगर वडा १ र १७ मा पुन: मतगणना गर्नुपर्ने माग



पहिलोपोस्ट

एमालेलाई कांग्रेसको काउन्टर : पोखरा महानगर वडा १ र १७ मा पुन: मतगणना गर्नुपर्ने माग

पोखरा : नेकपा एमालेले पोखरा महानगरपालिका वडा १८ मा पुन: मतगणना गर्न माग गरेपछि नेपाली कांग्रेसले दुईवटा वडाको मतगणनाको माग गर्दै निवेदन दिएको छ। वडा १ र १७ को पुन: मतगणना गर्नुपर्ने माग गर्दै कांग्रेसले निवेदन दिएको हो।

वडा १ मा एमालेका सहारा प्रधान र वठा १७ मा एमालेकै राधिकाकुमारी शाही निर्वाचित भएको घोषणा भइसकेको छ। वडा १ मा एमालेका प्रधानले १ हजार १४५ मत ल्याउँदा कांग्रेसकी सीता गुरुङले १ हजार १०४ मत पाएकी थिइन्। यस्तै वडा १७ मा राधिकाले २ हजार ६२५ मत ल्याउँदा कांग्रेसका देवराज आचार्यले २ हजार ५४२ मत पाएका थिए।

वडा १ को मतगणना सुरुमै सार्वजनिक गरिएको थियो भने वडा १७ को हिजो र १८ को आज बिहान आएको थियो।

पोखरामा १ लाख ४३ हजार २२६ खसेको मतमा अहिलेसम्म १ लाख ३९ हजार ४११ मतगणना भएको छ। प्रमुख पदमा नेकपा एकीकृतका धनराज आचार्यले ५७०७२ मत ल्याउदा एमालेका कृष्ण थापाले ५१५८७ मत ल्याएका छन्। यस्तै उपप्रमुखमा कांग्रेसकी कोपिला रानाभाटले ५५०८० मत ल्याउदा एमालेकी मञ्जु गुरुङले ५९०९० मत ल्याएकी छिन्।

एमालेको जनप्रतिनिधि मतगणना स्थलमा अनुपस्थित भएपछि अहिले पोखराको मतगणना रोकिएको छ। मतगणना रोकिएपछि अहिले  सर्वदलीय बैठक बसिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell