काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी सरकारको तर्फबाट आगामी वर्षको नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्न संघीय संसद् भवन नयाँ बानेश्वर पुगेकी छिन्।
राष्ट्रपति भण्डारी मास्क नै लगाएर संसद भवन पुगेकी हुन्। स्कटिङ गरेर राष्ट्रपति भण्डारीलाई संसद भवन पुर्याइएको थियो। शितल निवासबाट नयाँ बानेश्वर पुग्दा सडकमा केही समय आवतजावत रोक लगाइएको थियो। उनको यो औपचारिक कार्यक्रम हो।
राष्ट्रपति भण्डारीलाई संसद भवनमा सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना लगायतले स्वागत गरेका थिए। आज प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम पेश गरेका छन् जुन उनले संसदमा पढ्दैछिन्।