PahiloPost

Mar 30, 2026 | १६ चैत्र २०८२

संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारी (लाइभ)



पहिलोपोस्ट

संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारी (लाइभ)

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छिन्।

संसद भवन बानेश्वरमा भण्डारीले अहिले नीति तथा कार्यक्रम वाचन गरिरहेकी छिन्।

नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा भण्डारी स्थानीय तह निर्वाचन सम्पन्न भएकोमा खुशी व्यक्त गरेकी छिन्।

आजै बिहान बसेको मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो। नीति तथा कार्यक्रममा आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन, आन्तरिक उत्पादन वृद्धि, रोजगारी सिर्जना, उच्च आर्थिक वृद्धिलगायतको लक्ष्य लिइएको छ।

सरकारले नीति तथा कार्यक्रम अनुसार नै आगामी आर्थिक वर्षका लागि यही जेठ १५ गते बजेट प्रस्तुत गर्नेछ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell