PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

सरकारको नीति तथा कार्यक्रम : ८५ प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्ध पूर्ण खोप



पहिलोपोस्ट

सरकारको नीति तथा कार्यक्रम : ८५ प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्ध पूर्ण खोप

काठमाडौं : सरकारले करिब ८५ प्रतिशत नागरिकलाई कोभिड १९ खोपविरुद्ध पूर्ण मात्रा लगाइ सकिएको जनाएको छ।

राष्ट्रपति विद्या भण्डारीले अहिले संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छिन्। त्यही क्रममा उनले सो तथ्यांक उल्लेख गरेकी हुन्।

उनले भनिन्, ‘सरकारले कोभिड १९ महामारीको नियन्त्रण, रोकथाम र उपचारका लागि हरसम्भव प्रयास गरेको छ। हालसम्म लक्षित जनसंख्याको करिव ९६ प्रतिशतलाई पहिलो र ८५ प्रतिशतलाई पूर्ण मात्रा खोप लगाई सकिएको छ। त्यसैगरि करिब ३८ लाख नागरिकलाई खोपको अतिरिक्त मात्रा लगाई सकिएको छ।’

यस्तै, उनले स्वास्थ्य पूर्वाधार, औषधि, अक्सिजन, स्वास्थ्य सामग्री र जनशक्ति व्यवस्थापनमा तीनै तहका सरकारहरु परिचालित भएका बताएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell