PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

सरकारको नीति तथा कार्यक्रम : डिजिटल भुक्तानीमा जोड, बोझिला संस्थाहरु खारेज वा मर्जरमा लैजाने



पहिलोपोस्ट

सरकारको नीति तथा कार्यक्रम :  डिजिटल भुक्तानीमा जोड, बोझिला संस्थाहरु खारेज वा मर्जरमा लैजाने

काठमाडौं : सरकारले आर्थिक र मौद्रिक नीतिमार्फत आर्थिक वृद्धि हासिल गर्ने नीति लिएको छ। संघिय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि र उद्योग क्षेत्रबाट आर्थिक वृद्धि हासिल गर्ने बताएकी हुन्।

‘कृषि क्षेत्रको आधुनिकीकरण गरि आर्थिक वृद्धिको आधार बलियो बनाइनेछ,’ उनले भनिन्।

यस्तै, उनले ठूला र रणनीतिक महत्त्वका परियोजनाहरु अगाडि बढाइने, रेमिटेन्सलाई प्रोत्साहित गर्न थप योजना ल्याइने समेत बताएकी छिन्।

सरकारले डिजिटल बैंकिङको अवधारणा अनुसार राष्ट्रिय भुक्तानी प्रणाली सुदृढ गर्दै सबै वित्तीय कारोबारलाई विद्युतीय माध्यमबाट गर्ने भएको छ। नीति तथा कार्यक्रममा सबै वित्तीय कारोबारलाई डिजिटल माध्यममा रुपान्तरण गर्ने योजना सार्वजनिक गरिएको हो।

राष्ट्रपति भण्डारीले उत्पादनमूलक क्षेत्रमा जाने कर्जालाई सहज बनाउने र वित्तीय रुपमा बोझिला संस्थाहरु खारेज वा मर्जरमा लैजाने नीति सरकारले लिनेउल्लेख गरिन्।

सरकारको नीति तथा कार्यक्रममा पुँजी बजारको विकास र विस्तारका लागि उत्पादनमूलक क्षेत्रमा लगानी आकर्षित गरिने उल्लेख छ। आगामी वर्ष नेपालको क्रेडिट रेटिङ गर्ने नीति सरकारले लिएको छ।

यस्तै, उनले समान उद्देश्य रहेका सहकारी कोषलाई गाभ्ने, गरिब परिवारलाई सरकारी सेवा उपलब्ध गराउन परिचय पत्रको व्यवस्था गरिने, कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकका रुपमा परिचालन गर्ने योजना समेत पेस गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell