PahiloPost

Jul 3, 2024 | २० असार २०८१

नवौं राष्ट्रिय खेलकुद सार्न खेलकुद मन्त्रीले पेश गरे कारणको फेहरिस्त, अब दशैं तिहारको बिचमा हुने



पहिलोपोस्ट

नवौं राष्ट्रिय खेलकुद सार्न खेलकुद मन्त्रीले पेश गरे कारणको फेहरिस्त, अब दशैं तिहारको बिचमा हुने

काठमाडौं : गण्डकी प्रदेश हुने भनिएको नवौं राष्ट्रिय राष्ट्रिय खेलकुदको मिति सरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले जेठ २८ गतेबाट सुरु हुने भनिएको राष्ट्रिय खेलकुदको मिति सार्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बताएका हुन्।

एसियन गेम सन् २०२३ सम्म सरेको, मधेश प्रदेश लगायतका प्रदेशहरुमा राष्ट्रिय खेलकुदका लागि तयारी नपुगेको, राष्ट्रिय खेलकुद हुने समयमा कक्षा ११ र १२ को परीक्षा परेकोले पनि घोषित मितिमा प्रतियोगिता हुन नसकेकोउनले बताए। यस्तै, स्थानीय तह निर्वाचनको कारण पनि राष्ट्रिय खेलकुदको मिति परिवर्तन भएको उनले जानकारी दिए।

गहतराजले असारमा गर्न मौसमको प्रतिकूल हुने र असोजको पहिलो र दोस्रो हप्ता चाडपर्व पर्ने भएको दशैं र तिहारको बिचमा राष्ट्रिय खेलकुद आयोजना गर्ने सरकारको तयारी रहेको उनले जानकारी दिए।

‘असोज २८ देखि कार्तिकको ३ को बिचमा राष्ट्रिय खेलकुद गर्छौं। मिति सरेको हो। अरु कुरा सरेको छैन’उनले भने, ‘अब बाहनाबाजीको अवसर छैन।’

उनले विगतका प्रतिगोगितामा देखिएका समस्यालाई ‘करेक्सन’ गर्दै यसपटक खानेबस्ने लगायत सबै विषयको व्यवस्थापन गर्ने दाबी गरे।  

राष्ट्रिय खेलकुदमा सातवटा प्रदेश, तीनवटा विभागीय टोली र एनआरएनले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा ६ हजार ८ सय खेलाडी, १ हजार प्रशिक्षक, ५ सय व्यवस्थापक, १ सय १४ संघ प्रतिनिधि र १ हजार निर्णायक सहभागी हुने अनुमान राखेपको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell