PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

धेरै आयात हुने वस्तुको उत्पादन नेपालमै गर्ने नीति, उडान र स्वास्थ्य क्षेत्रबारे यस्तो छ सरकारको योजना



पहिलोपोस्ट

धेरै आयात हुने वस्तुको उत्पादन नेपालमै गर्ने नीति, उडान र स्वास्थ्य क्षेत्रबारे यस्तो छ सरकारको योजना

काठमाडौं : सरकारले आयात हुँदै आएको वस्तुको उत्पादन स्वेदशमा नै गर्ने नीति लिएको छ। आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले  नेपालमा सर्वाधिक आयात हुँदै आएका वस्तुहरुको उत्पादन नेपालमा नै थाल्न वा बढाउनका लागि स विशेष कार्यक्रम ल्याउने बताएकी हुन्।

‘धेरै आयात हुने वस्तुको उत्पादन स्वदेशमै बढाउनका लागि बजेटबाट विशेष कार्यक्रम ल्याउने,’ उनले भनिन्।

सरकारले केही समय अघि केही वस्तुहरुको सूची निकालेर आयातमा प्रतिबन्ध लगाएको थियो। जसमा महंगा विद्युतीय उपकरण देखि बिलासिताका धेरै सामाग्री छन्।  

यस्तै सरकारले आलु, स्याउ, धान, मकै, गहुँ, प्याज र ओखर लगायतका कृषि उपजको खेती गर्न कार्यक्रम संचालन गर्ने भएको छ। अहिले नेपालमा यी सामाग्रीको आयात हुँदै आएको छ।

साथै, सरकारले रबरको व्यवसायिक खेती प्रवर्द्धन गर्नका लागि पनि आगामी आर्थिक वर्षमा विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ।

नयाँ विमानस्थलको निर्माण

सरकारले आगामी आर्थिक वर्षभित्रै उड्डयन क्षेत्र विस्तारका लागि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियालाई अगाडि बढाउने योजना लिएको छ। सरकारको नीति तथा कार्यक्रममार्फत निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लागत अनुमान र गुरुयोजनाको प्रक्रिया अघि बढाउने घोषणा गरेको हो।

यससँगै सुर्खेतको भेरीगंगा रामघाटमा नयाँ प्रादेशिक विमानस्थलः निर्माण सुरु गर्ने योजना सरकारको नीति तथा कार्यक्रममा छ। यसैगरी चन्द्रगढी, विराटनगर, राजविराज, धनगढीलगायत विभिन्न विमानस्थलको टर्मिनल भवन विस्तार गर्ने योजना समेत सरकारले अघि बढाउने भएको छ।

नीति तथा कार्यक्रममा अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्दै हवाई सेवालाई विस्तार गर्दै सुरक्षित र गुण्तरीय बनाइने उल्लेख छ। सरकारले मुलुकमा उडान गर्दै आएका बिभीन्न वायुसेवा कम्पनीलाई काठमाडौं बाहिरबाट उडान गराउन प्रोत्साहन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

स्वास्थ्यबारे सरकार

सरकारले सबै पालिकामा स्वास्थ्य उपचारको ग्यारेन्टीका लागि तयारी थाल्ने नीति लिएको छ। अस्पतालमा हुने मृत्युको अडिट गर्ने, स्वास्थ्यकर्मीको सुरक्षाको लागि कानुन थप बलियो बनाउने, स्वास्थ्य बिमा कार्यक्रमलाई थप बिस्तार गर्ने, ७ वर्षभन्दा माथि उमेरका लागि खोप दिने, वृद्धावृद्धको स्वास्थ्य उपचारको लागि विशेष कार्यक्रम ल्याउने योजना सरकारले लिएको छ।

किशोरी र महिलामा हुने क्यान्सरको उपचारलाई सर्वसुलभ बनाउन सरकारले कार्यक्रम ल्याउने भएको छ। रक्तसंचार केन्द्रलाई विस्तार गर्ने,  प्रयोगशाला निर्माण गर्न नीति क्षेत्रलाई आकर्षित गर्ने, नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रिय कार्ययोजनालाई प्रभावकारी रुपमा लागू गर्ने पनि योजना सरकारले अघि सारेको छ। यस्तै, प्रत्येक प्रदेशमा अशक्त र विपन्नका लागि परामर्श केन्द्र निर्माण सरकारले गर्ने भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell