PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

कबड्डी ४ ले कब्जा गर्दै मल्टिप्लेक्स, क्युएफएक्समा ९४ सो, बुकिङ रफ्तार तीब्र



पहिलोपोस्ट

कबड्डी ४ ले कब्जा गर्दै मल्टिप्लेक्स, क्युएफएक्समा ९४ सो, बुकिङ रफ्तार तीब्र

काठमाडौं : नेपालमा सार्वाधिक रुचाइएको फिल्म कबड्डीको चौथो संस्करणले थियटरमा बलियो उपस्थिति देखाएको छ। मल्टिप्लेक्समा फिल्मको अग्रिम बुकिङमा जुन रफ्तारमा भइरहेको छ त्यसले नेपाली फिल्मप्रतिको दृष्टिकोण फेर्न सक्ने देखाएको छ। बलिउडका फिल्महरु आरआरआर र केजीएफ च्याप्टर टूको बुकिङ बिर्साइदिनेगरी बुकिङ भइरहेको छ। 

आगामी शुक्रवार फिल्म रिलिज हुँदैछ। रामबाबु गुरुङको निर्देशनमा रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल र मिरुना मगर लिड रोलमा छन्। कबड्डी ४ दी फाइनल म्याच पहिले झै कमेडी जेनारामा बनेको फिल्म हो। फिल्मको मल्टिप्लेक्सहरु बुकिङ खुला भइसकेको हो।

सबैभन्दा ठूलो फिल्म हलको नेटवर्क क्युएफएक्सले देशभर ९४ सो कबड्डीका लागि छुट्याएर बुकिङ तथा टिकट बिक्री थालेको छ। काठमाडौं उपत्यकाका अधिकांश स्क्रिनमा शुक्रवारको सो बुकिङ सकिन लागेको छ भने शनिवारको बुकिङ पनि बढिरहेको छ। क्युएफएक्सल कुनै पनि नेपाली फिल्मलाई दिएको यो सम्भवत सबैभन्दा धेरै सो हो। 

वान सिनेमाले फिल्मलाई २४ सो दिएको छ। शुक्रवारका लागि बिग मुभिजले कबड्डीलाई १५ सो दिएको छ। क्युज सिनेमाजले ११ सो दिएको छ भने एफक्यूले १३ सो दिएको छ। रञ्जना सिनेप्लेक्सले फिल्मलाई १५ सो दिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell